प्रधानमन्त्री र राष्ट्रपति बिच भेटवार्ता
काठमाडौ,असार १७: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओली नेकपा (एमाले) स्थायी कमिटी बैठक सकेर राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिने गरेका छन् । यसअघि प्रधानमन्त्री र राष्ट्रपतिको भेट मंगलबार भएको थियो । नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गरेछि एमाले विभाजित बनेको छ । केही समयअघि राष्ट्रपति भण्डारीलेसमेत एमाले एकतामा पहल गरे पनि त्यो सफल हुन सकेको छैन । अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्रसँग एकता भन्दा अगाडि लाने निर्णय लिएपछि फेरि एमाले एकता अगाडि बढ्ने विश्वास लिइएको छ ।