८६ लाख पर्ने बाइक नेपाल भित्रियो
काठमाडौ,असार २५: एमभी अगस्टाको नियो रेट्रो रेसरको एक विशेष संस्करण नै सुपरभेलोस सिरी ओरोलाई मानिन्छ । आकर्षक लुक्स र पावर नै यो बाइकको मुख्य बिशेषता हो । खासगरी यो बाइकको अगाडिको डिजाइनले नै बाइक पारखिको मन लोभ्याउछ ।एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन रहेका छ जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त मानिन्छ ।यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्याल्यु पहिचान गर्ने सबै फिचर उपलब्ध रहेका छन् ।अहिले यो बाइक नेपाल भित्रिसकेको छ । सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर पावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ ।
यो पावर नै यो बाइकको मुख्य आकर्षण हो । एजेन्सीका अनुसार, एमभी अगस्टा सुपरभेलोस सिरी ओरो हालसम्म ३ सय युनिट मात्रै उत्पादन भएको जनाएको छ ।त्यसमध्ये एक युनिट नेपाली बजारमा सौरभ ज्योतिले ल्याएका हुन । ३ सय मध्ये १४४ युनिट विश्वभर बिक्री भइसकेका छन् ।नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।एसजे मोटोले विश्वमा नाम चलेका सबै प्रकारका बाइक नेपाल ल्याएको छ । सौरभ ज्योतिले विभिन्न ब्रान्डका बाइकलाई ल्याएर बाइक संग्राहलय नै बनाएका छन् ।त्यहाँ होन्डा, एमभी अगस्टा, डुकाटी, केटिएमलगायतका बाइकहरु राखिएका छन ।