मनोरंजन

चलचित्र फिल्डको भन्दा बाहिरको युवकसँग विवाह गर्छु:पुजा शर्मा

0Shares

काठमाडौ,असार २४: चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले आफू अहिले करियरमै फोकस रहेको बताएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको (धमलाको हमला) कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी छिन् ।
उनले काममै व्यस्त रहेकोले विवाहको बारेमा पनि सोच्न नभ्याएको जानकारी दिईन् । उनले आफूले विवाह गर्ने पुरुष चलचित्र फिल्डको नहुने पनि जानकारी दिईन् । उनले भनिन्;म सकभर चलचित्र फिल्डको भन्दा बाहिरको युवकसँग विवाह गर्छु । उनले आफू अहिलेसम्म कुनैपनि युवासँग प्रेममा नपरेको पनि जिकिर गरेकि छिन् ।नायक आकाश श्रेष्ठसँग आफ्नो साथीको मात्रै सम्बन्ध रहेको पनि उनले स्पष्ट पारेकि छिन् । उनले भनिन्! आकाशसगँ मेरो साथीको मात्रै सम्बन्ध हो ।त्यो भन्दा केही सम्बन्ध छैन् । उनले नेपालमा राम्रो काम गर्ने नेताहरुको अभाव रहेको पनि सुनाईन् ।

0Shares