राष्ट्रिय

प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारमा

0Shares

काठमाडौ,साउन ५: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।‘प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ एक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साता मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।

0Shares