जापान बिशेष

जापानमा ट्रक र यात्रुबाहक रेल ठोक्किदा ३१ जना घाइते

0Shares

जापान, टोकियो बाट नजिकैको शहर योकोहामामा बिहीबार रेलवे क्रसिंगमा मा मालबाहक ट्रक र यात्रुबाहक रेल एकआपस मा ठोक्किदा एकजना को मृतु भएको छ भने ३१ जना भन्दा बडी घाइते भएको NHK ले जनाएको छ ।

प्रहरीलाई उदृत गर्दै एनएचके टेलिभिजनले उल्लेख गरे अनुसार रेल कुद्रे लिगमा अकस्मात सुन्तला लगायत फलफुलले भरिएको ट्रक आएपछि रेल र ट्रक ठोक्किन पुगेको थियो । यद्यपी आगलागीबाट रेलमा भने ठूलो क्षति पुग्न नपाएको समाचारमा जनाईएको छ ।

रेलमा रहेका यात्रुहरु आकस्मिक ढोका खोलेर रेलको लिगहुँदै भागेको दृश्य एनएचके टेलिभिजनले प्रशारण गरिरहेको छ ।

समाचार अनुसार ट्रक चालक गम्भिर रुपमा घाईते भएको र उनको नजिकैको एक अस्पतालमा आकस्मिक उपचार भईरहेको छ । दुर्घटनापछि जापानको यातायात सुरक्षा वोर्डले आकस्मिक रुपमा अनुसन्धान गर्न एक टोलि पठाउने भएको छ ।

प्रारम्भिक रुपमा हेर्दा जमिनको सतहमै रहेको रेलको लिगको भागको बिचमा आएर ट्रक अड्कीएको र आफ्नो गतिमा रहेको रेल अकस्मात ट्रकसँग ठोक्किन पुगेको देखिएको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

ट्रक कसरी बिचमा आएर रोकिन पुग्यो तथा दुर्घटनाको कारण भने थाहा हुन नसकेको बताईएको छ ।

0Shares