राष्ट्रिय

जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउन शुरु

0Shares

काठमाडौ,वैशाख २९ : सरकारले कोरोना विरुद्ध खोप (भेरोसेल)को दोस्रो डोज लगाउन जेठ २ बाट शुरू गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकाय निर्देशन दिएको छ । भेरोसेल खोप लगाएका जिल्लाहरूलाई २ देखि ९ गतेसम्म खोप अभियान सञ्चालन हुने विभागले जनाएको छ ।

भरोसेल खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए । यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसले लगाएका थिए । चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । विभागले अस्पतालमा झन् भीडभाड हुने भन्दै यसपटक विद्यालय, कलेज तथा पाटी प्यालेस जस्ता खुल्ला ठाँउमा गई खोप लगाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। खाेप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई लगाइने छ ।

0Shares