देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली
काठमाडौ,वैशाख २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ड पुगेका छन् । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ । यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफैँ उनको निवास पुगेका हुन् ।
कांग्रेसले अोलीको विपक्षमा मत हाल्ने निर्णय मंगलबार गरेको थियो। ओलीलाई सत्ताबाट निकाल्नका लागि कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटिरहेका छन् । नेताहरुबीच अहिले कुराकानी भइरहेको देउवाको सचिवालयले जनाएको छ।