राष्ट्रिय

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै

0Shares

काठमाडौ,साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा छलफल भइरहेको हो ।
यसअघि, संसद भवन नयाँबानेश्वरमा बसेको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको थियो भने विभिन्न अध्यादेश पेश गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिने निश्चित भएको छ ।

0Shares