बिजनेस

आज सुन चाँदीको मूल्य बढ्यो

0Shares

काठमाडौ,असार १७ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ ।आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ भने चँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

0Shares